Rajan Adhikari

© 2026 Rajan Adhikari

बनेपा–६ मा बसुन्धरा हुमागाईंको मतदाता भेटघाट कार्यक्रम सम्पन्न

बनेपा–६ मा बसुन्धरा हुमागाईंको मतदाता भेटघाट कार्यक्रम सम्पन्न

 बनेपा/ काभ्रे क्षेत्र नं.–२ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिनिधि सभा उम्मेदवार बसुन्धरा हुमागाईंको मतदाता भेटघाट कार्यक्रम शनिबार बिहान बनेपा–६ नम्बर वडाका विभिन्न स्थानमा सम्पन्न भएको छ।

शनिबार बिहान ८ बजे क्याम्पस चोकबाट सुरु भएको भेटघाट कार्यक्रममा चिया–नास्तासहित स्थानीय मतदातासँग संवाद गरिएको थियो।

स्थानीयले उम्मेदवार हुमागाईंलाई टोपी लगाइदिएर स्वागत गरिएको थियो। सोही अवसरमा निर्वाचन परिचालनको लागि कार्यालय सञ्चालनमा ल्याइएको छ।

त्यसपछि उम्मेदवार हुमागाईंको टोली खत्री गाउँ, आचार्य टोलको पिपल बोट, २८ किलो क्षेत्र, कार्की गाउँ, बुडोल मार्गस्थित हेल्थ पोस्ट अगाडि, बुद्धिनारायण चोक, रातमाटे कोल स्टोर आसपास तथा राम मन्दिर चोकमा पुगेर मतदाता भेटघाट गरेको थियो।

भेटघाटका क्रममा उम्मेदवार हुमागाईंले जनजीविका सुधार, स्थानीय विकास र जनमुखी नीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीयवासी, पार्टी कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बनेपा–६ नम्बर वडा नेकपा निर्वाचन परिचालन कमिटीको आयोजना तथा सह–आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले नेकपाको चुनावी अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

source:- thearanikotimes.com