Rajan Adhikari

© 2026 Rajan Adhikari

जटिल रोग उपचारका लागि शेयर सदस्यलाई आर्थिक सहयोग हस्तान्तरण

जटिल रोग उपचारका लागि शेयर सदस्यलाई आर्थिक सहयोग हस्तान्तरण

बनेपा, काभ्रे – बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध बनेपा–६, बुडोल निवासी शेयर सदस्य श्री विष्णु प्रसाद तिमल्सिनाले जटिल रोगको उपचार गराइरहनु भएको अवस्थामा संस्थाले आफ्नो आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत रु.१०,०००।– (दश हजार रुपैयाँ) उपचार सहयोग रकम हस्तान्तरण गरेको छ।

संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न राहत तथा सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रम अन्तर्गत प्रदान गरिएको उक्त सहयोग रकमले उपचार प्रक्रियामा केही राहत पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ।

सहकारी संस्थाको मूल मर्म ‘सदस्यको साथ, सदस्यकै लागि’ भन्ने भावनालाई आत्मसात गर्दै संस्था सधैं आफ्ना शेयर सदस्यहरूको दुःख–सुखमा साथ दिँदै आएको छ। यस किसिमको सहयोगले सदस्यहरूबीच आपसी एकता, विश्वास र सहकार्यको भावना अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

source:-bagmatiawaj.com