Rajan Adhikari

© 2026 Rajan Adhikari

दुःखको सहारा बन्यो आर्शु प्रतिष्ठान, लडेर घाइते हुनुभएकी लक्ष्मीको निःशुल्क उपचार

दुःखको सहारा बन्यो आर्शु प्रतिष्ठान, लडेर घाइते हुनुभएकी लक्ष्मीको निःशुल्क उपचार

लडेर गम्भीर घाइते हुनुभएकी लक्ष्मी तामाङको निःशुल्क उपचार भएको छ ।

आर्शु स्मृति प्रतिष्ठानको पहलमा धुलिखेल अस्पतालमा निःशुल्क उपचार भएको हो ।

माघ १० गते घाँस काट्न जाने क्रममा भीरबाट लडेर उनको खुट्टा भाँचीएको थियो । शारीरिक रुपमा अशक्त तामाङ बोल्न र सुन्न सक्दिनन् । परिवारका एक मात्रै सदस्य लक्ष्मीको दाई पनि अपांग छन् ।

कमजोर आर्थिक अवस्थाका कारण उपचार नै असम्भव भएपछि आर्शु स्मृति प्रतिष्ठानले सहयोगी हात अघि बढाएको हो ।

सहयोगका लागि प्रतिष्ठानलाई भुम्लु गाउँपालिका वडा नं. ९ ले आग्रह गरेको थियो ।

वडाको सिफारिस र धुलिखेल अस्पताल र प्रतिष्ठानबीचाके लिखित सहमति अनुसार तामाङको निःशुल्क उपचार भएको हो । पहिलो शल्यक्रिया सफल भएसँगै उनी आज अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

source:- www.madanibeat.com